Suvadin, Home

आज ११ कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा मंगलबार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अनुसार विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठजना र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । 

मंगलबार दिउँसो गरिएको नियमित भिडियो ब्रिफिङ गर्दासम्म एक जनामा पुष्टि गरिएको थियो भने त्यसपछि थप जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको हो । 

यसअघि उदयपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमध्ये पाँचजनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । 


 

More form the Internet

loading...