Suvadin, Home

Cover Image

आज चैते दशैं, कोरोनाका कारण पहिलो पटक हनुमानढोका दशैं घरमा बलि रोकियो

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यस वर्षको चैते दशैं भक्तजनहरुका लागि खल्लो बनेको छ ।

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन बलिसहित पूजा गरिने गरिएकामा यस वर्ष पूजा हुने तर बलि नदिइने भएको छ ।

कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएपछि बलि रोकिएको दशैँघरका मूल पुजारी देवराज अर्यालले जानकारी दिए ।

चैत्र शुक्ल प्रतिपदादेखि नै दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भने भइरहेको छ ।

विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत छ ।

कोरोना भाइरसको महामारीका कारण पहिलोपटक बलि पूजा रोकिएको हो ।


 

More form the Internet

loading...