Suvadin, Home

 कांग्रेस नेता हेमराज ओझाद्वारा नगरपालिका प्रकोप व्यवस्थापन कोषमा ५१ हजार सहयोग 

कञ्‍चनपुर । नेपाली कांग्रेसका कञ्‍चनपुरका महासमिति सदस्य हेमराज ओझाले कृष्णपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । 

उनले एनसीसी बैंकको कृष्णपुर शाखामा कृष्णपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । 

जननिर्वाचित स्थानीय सरकारले स्थानीय जनता र स्वास्थ्य संस्थाका लागि केही सहयोग नगरेको भन्दै आलोचना भइरहेकाबेला उनले यसअघि कञ्‍चनपुरका विभिन्‍न नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक व्यक्तिगत सुरुक्षा उपकरण (पीपीई) पनि सहयोग गरेका थिए । 

कोरोना भाइरसको संक्रमणका कारण खाद्यान्ह अभाव भएकाहरुलाई खाद्यान्हसमेत उपलब्ध गराएका नेता ओझाले त्यसअघि स्थानीयलाई मास्क, हात धुने साबुन र विभिन्‍न स्थानमा हात धुनका लागि व्यवस्थासमेत गरेका थिए । 

विभिन्‍न इलाका प्रहरी कार्यालयहरुमा सरसफाइका सामग्रीसमेत उपलब्ध गराएका थिए ।
  
कृष्णपुर नगरपालिकाका मेयर पदका उमेदवारसमेत रहेका नेता ओझाले लामो समयदेखि कृष्णपुरमा विभिन्‍न समाजसेवाका क्षेत्रमा समेत काम गर्दै आइरहेका छन् । संकटको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्नु आफ्नो दायित्व भएकोसमेत उनले बताए । 

तत्कालीन पञ्‍चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा जेलजीवन बिताएका बुबा र नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेकै कारण अल्पायुमै ज्यान गुमाउनु परेको थियो ।  जनताको सेवा गर्नु नै असल नेतृत्वको गुण भएको भन्‍ने उद्देश्य बोकेका बाबु र दाजुबाट आफूलाई समाजसेवामा लाग्‍ने प्रेरणा मिलेको नेता ओझाले बताए । 

बाबु र दाजुको प्रेरणबाट प्रजातान्त्रिक पार्टीको राजनीतिसँगै समाजसेवालई  अघि बढाएका ओझाले नगरपालिकाको राहत कोषणमा जम्मा भएको रकम नगरपालिकाका नौवटै वडामा आवश्यकताका आधारमा वितरण गरिनुपर्नेमा जोड दिएका छन् । 

उनले सरकार र सरोकारवाला निकायलाईसमेत कोरोना भाइरसको संक्रमणको जोखिम रहेको यस क्षेत्रमा अहिलेको संकटको घडीमा समस्यामा परेका स्थानीयलाई सहयोग गर्नसमेत अपिल गरेका छन् । 


 

More form the Internet

loading...