Suvadin, Home

कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, संक्रमितको संख्या ४ सय पुग्यो

काठमाडौं । इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् ।

मङ्गलबार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बीबीसीले जनाएको छ ।

इटलीको उत्तरी भेग लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा कोरोनाको संक्रमण प्रभाव बढिरहेको उल्लेख छ।

संक्रमण बढेपछि यसअघि १२ वटा शहरमा आवातजावत प्रतिबन्ध गरेको इटलीले शैक्षिक संस्था,  सिनेमा हल, होटल तथा क्याफे बन्द गरिएका छन् ।

बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डमा पनि कोरोनाभाइरसको पहिलो सङ्क्रमण भेटिएको बताइएको छ ।

गत डिसेम्बर अन्तिमा देखापरेको कोरोना भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने  दुई हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । मृतक अधिकांश चिनियाँ नागरिक हुन् ।


 

More form the Internet

loading...