Suvadin, Home

यी हुन् कोरोना संक्रमितलाई विशेष ध्यान दिनुपर्ने १५ कुराहरु

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसको महामारी विश्वभर छ । दैनिक करीब १ लाख नयाँ संक्रमित बढिरहेका छन् । नेपालमा समेत ६ नेपालीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

जसका कारण देश लकडाउनमा छ । यो बेला कुनै मानिसमा कोरोनाको लक्षण देखापरे उसलाई तुरुन्त अस्पताल लानुपर्छ । यदि कोहि मानिसमा कोरोनाको संक्रमण छ वा यसका बिरामी छन् भने यी उपायबाट उनीहरुको ख्याल राख्ने तथा सावधानी अपनाउने गर्नुपर्दछ ।

१. संक्रमित ब्यक्तिलाई अलग्गै कोठाको ब्यवस्था गर्नुहोस् ।
२. संक्रमितलाई हरपल अनिवार्य मास्क लगाउन अह्राउनुहोस् ।
३. संक्रमितले ब्यक्तिले प्रयोग गर्ने चर्पि, ओच्छ्यान, खाने भाडाकुडा अलग्गै पार्नुहोस् ।
४. संक्रमित ब्यक्तिको कोठामा सरसफाईको ब्यवस्था गर्नुहोस् ।
५. बिरामीले प्रयोग गर्ने चर्पिमा पर्याप्त पानीको ब्यवस्था मिलाउनुहोस् ।
६. बिरामीको कोठाको भुई, तन्ना, पर्दा, सिरक तथा सिरानीको खोल बदली रहनुहोस् ।
७. तौलिया, ब्रस, अन्य ग्याजेट लगायतका वस्तु संक्रमित बाहेक अरुले प्रयोग नगर्नुहोस् ।
८. संक्रमितले प्रयोग गरेको कुनै वस्तु अरु ब्यक्तिले नछुनुहोस् ।
९. कोहि आफन्त वा घरपालुवा जनावरलाई संक्रमितको छेउमा जानबाट रोक्नुहोस् ।
१०. संक्रमितको कोठामा चिकित्सक बाहेक अरु कोहि नछिनुहोस् ।
११. बिरामीबाट न्युनतम ३ फीट टाढाबाट कुरा गर्नुहोस् ।
१२. संक्रमित ब्यक्तिसंग कुरा गर्दा साबुनपानीले हात धुनुअघिसम्म अनुहार नछुनुहोस् ।
१३. संक्रमित ब्यक्तिलाई पनि पटक पटक साबुनपानीले हात धुन अह्राउनुहोस् ।
१४. संक्रमितलाई खाना दिदाँ वा केहि अनिवार्य लेनदेन गर्नुपरे हातमा पञ्जा लगाउनुहोस् ।
१५. काम सकिएपछि पञ्जालाई साबधानीपुर्वक खोलेर नष्ट पार्नुहोस् ।


 

More form the Internet

loading...