Suvadin, Home

कोरोना फैलिएको दिल्लीको धार्मिक सभामा १९ नेपाली पनि सहभागी

काठमाडौं । भारतको राजधानि नयाँ दिल्लीको निजामुद्दीन क्षेत्रमा भएको धार्मिक सभामा १९ जना नेपालीसमेत सहभागी भएको पाइएको छ ।

द इकोनोमिक, बिजनेश टुडे, आउटलुक इन्डियालगायतका  भारतीय सञ्‍चारमाध्यमहरुले मार्च १ देखि १५ सम्म सञ्‍चालन भएको उक्त १९ जना नेपालीसहित अन्य १६ देशका नागरिक सहभागी रहको दाबी गरेका छन् । तर अहिलेसम्म नेपालका कुन-कुन ठाउँका व्यक्ति सहभागी थिए भन्‍ने खुल्‍न सकेको छैन । 

उक्त सभामा अन्य कोरोना प्रभावित मुलुकका मानिसहरु पनि सहभागी भएको बताइएको छ । सभामा मलेसिया, इन्डोनेसिया, श्रीलंका, म्यानमार, किर्गिस्तान, थाइल्यान्ड, फ्रान्स, श्रीलंका, बंगलादेश, फिजी, कुवेत, अल्जेरिया, सिंगापुरलगायतका मुलुकबाट सहभागी रहेको बिजनेस टुडेले जनाएको छ । 

मंगलबार उक्त सभामा उपस्थित २४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो । त्यसैगरी उक्त सभामा उपस्थित ६ जनाको तेलंगानामा मृत्यु भएको ५ । 

दिल्ली प्रहरीले निजामुद्दीन क्याम्पसमा पछिल्ला दुई दिनमा खोजी गर्दा तीन सय जना विदेशी फेला पारेको छ। यसमा नेपालका १९ जना भेटिएका हुन् । 

निजामुद्दीनमा रहेको मुस्लिम संस्था तबलीगी जमातमा भारतका १९ राज्यमा मानिसले सहभागिता जनाएको खुलेको छ ।  कोरोना भाइरसको संक्रमण रोक्न भारत सरकारले देशैभर लकडाउन गर्नु अघि नै त्यहाँ मानिसहरू धार्मिक सभामा सहभागी भएको जनाइएको छ । 

दिल्लीका स्वास्थ्यमन्त्री सतेन्द्र जैनले सोमबार अधिकारीहरुले मानिसलाई त्यहाँबाट उद्धार गर्न सुरु गरेपछि एक हजार ३३ जनालाई विभिन्‍न अस्पतालमा भर्ना गरिएको जनाएका छन् । 

"उक्त धार्मिक समारोहमा उपस्थित ७०० जनालाई क्‍वारेन्टाइन गरिएको छ भने ३३५ जनालाई विभिन्‍न अस्पतालमा भर्ना गरिएको छ, " स्वास्थ्यमन्त्री जैनले भने । सरकारले उक्त समारोहमा उपस्थित सबैलाई स्क्रिनिङ गरिरहेको बताएका छन् । 

भारतको तथ्यांकअनुसार दिल्लीको धार्मिक समारोहमा उपस्थित आन्द्रा प्रदेशका १७ जनामध्ये १० जनामा कोरोना पोजेटिभ देखिएको छ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले उक्त धार्मिक समारोह आयोजकविरुद्ध एफआईआर दर्ता गर्न निर्देशन दिएका छन् । अहिले उक्त क्षेत्रमा त्रास बढेको छ र सिल गरिएको छ ।


 

More form the Internet

loading...