Suvadin, Home

महाकानी नदी तर्ने क्रममा एक युवक वेपत्ता

कञ्‍चनपुर । महाकाली नदी तर्ने क्रममा एक युवक बेपत्ता भएका छन्। उनको पहिचान खुलेको छैन।

कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट पौडेर चाँदनीतर्फ जान लाग्दा उनी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ। घटना हिजो (बिहीबार) साँझको हो।

लकडाउनका कारण भीमदत्त र महाकाली नगरपालिका जोड्ने एसियाकै दोस्रो लामो झोलुंगे पुलमा आवत–जावतमा रोक लगाइएको छ। पुलबाट आवतजावत गर्न नपाएपछ उनी नदीमा हेलिएर तर्न खोज्दा बेपत्ता भएका हुन्।

बेपत्ता युवकको खोजीमा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


 

More form the Internet

loading...