Suvadin, Home

Cover Image

बलिउडका अभिनेता ऋषि कपुरको निधन 

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बीबीसीका अनुसार ६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार बिरामी भएपछि उनलाई मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपुरका दाइ रणधीर कपूरले बीबीसीसँग मृत्युको पुष्टि गरेका छन् ।

उनी क्यान्सरका बिरामी थिए । उनलाई पछिल्लो समयमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । 

ऋषि कपुर अभिनेता राज कपुरका छोरा हुन् । ऋषिले सन् १९७३ बाट चलचित्र यात्रा सुरु गरेका थिए । उनको पहिलो चलचित्र ‘बाँबी’ हो । यसका साथै उनलाई ‘श्री ४२०’, ‘मेरा नाम जोकर’ मा पनि उनले अभिनय गरेका थिए । 

उनले अभिनय गरेको चलचित्र ‘मेरा नाम जोकर’ ले नेसनल अवार्ड जितेको थियो । यसमा उनी बाल कलाकारका रुपमा थिए भने उनका बुवा राज कपुर मुख्य भूमिकामा थिए । 

सन् १९७३ देखि २००० सम्म उनले खेलेका ३६ वटा चलचित्र बउलउड बक्स अफिसमा हिट भएका थिए । 

बुधबार अभिनेता इरफान खानको निधन भएको थियो । 


 

More form the Internet

loading...