Suvadin, Home

विश्वका १९८ देशमा कोरोना संक्रमण, २१ हजारभन्दा बढीको मृत्यु 

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ ।

फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ ।

त्यस्तै ४ लाख ६८ हजार ६ सय ६६ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोनाको संक्रमण भएकामध्ये १ लाख १४ हजार २ सय १८ जनाले स्वास्थ्यलाभ लिएर फर्किएका छन् ।

संक्रमणदर घटेको चीनमा पनि विगत २४ घण्टाको अवधिमा ६७ जना नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कोरोनाको संक्रमणमा रहेका ६ जनाले ज्यान गुमाएका छन् । योसँगै चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ ।

त्यस्तै इटालीमा ६ सय ६८ संक्रमितको मृत्यु भएको छ । यो मृत्युसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।

अमेरिकामा पनि कोरोनाको संक्रमण फैलँदो अवस्थामा छ । अमेरिकामा संक्रमित नयाँ १ सय ५५ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्इा ९ सय ३५ पुगेको छ । भने ६५ हजार ७ सय ९७ जना संक्रमित छन् ।

त्यस्तै स्पेनमा संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ । नयाँ ६ सय ५६ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ ।


 

More form the Internet

loading...