Suvadin, Home

कोरोना भाइरसबाट चीनमा एक नेपालीसहित ५६ जनाको मृत्यु
चीनको वुहानका विद्र्याथीलाई फर्काउन सरकाले पहल गरोस् !

काठमाडौं । कोरोना भाइरसबाट चीनमा एक नेपालीसहित ५६ जनाको मृत्यु भएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसका कारण एक नेपाली विद्यार्थीको समेत मृत्यु भएको छ ।

भाइरसबाट १ हजार ९७५ जना संक्रमित भएका छन् । भाइरसको संक्रमण बढ्दै गएपछि चीनमा ठूलो संख्यामा यातायातका साधनमा रोक लगाइएको छ भने १३ सहर ठप्प छन्।

चीनको वुहान सहरस्थित समुद्री खानाको बजारबाट यो भाइरस सरेको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

चीनबाट नेपाल फर्किएका एकजना नेपाली विद्यार्थीलाईसमेत संक्रमण भएको पुष्टि भएको छ । चीनबाट फर्केका अन्य तीन जनामा संक्रमणको आशंका गरिएको छ। उनीहरू अहिले अस्पताल भर्ना भएका छन्।    

वुहानमै ७२ जना विद्यार्थी सम्पर्कमा आएका चीनस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत लिलामणी पौडेलका अनुसार समग्रमा नेपाली कति छन् भनेर यकिन गर्न सकिँदैन । उनले भने, "कसले के काम गरिरहेको छ भन्नेसमेत थाहा हुँदैन । तथ्यांक छैन, तर जानकारीमा आएसम्म चिनियाँ सरकारले नै उपचार गरिरहेको छ ।"

वुहानमा मृत्यु भएका एक नेपालीलाई अन्य रोगले मृत्यु भएको दूतावासले जनाएको छ । तर, चिनियाँ सञ्‍चारमाध्यमहरुले भने एक नेपालीको पनि मृत्यु भएको बताएको छ । 

राजदूत पौडेलले भने, "उनको शव नेपाल ल्याउन पहल भएको छ, तर अहिले सम्भव छैन । अब ८ तारिखपछि मात्रै यो विषयमा थप पहल हुन्छ ।"

नेपाली विद्यार्थीहरुले भने आफूहरु वुहानबाट स्वदेश फर्किन चाहेको बताएका छन् । उनीहरुले आफैं टिकटको पैसा तिर्न तयार रहेको तर नेपाल सरकारले आफूहरुलाई फर्काउन प्लेन पठाइदिनुपर्ने उनीहरुले माग गरेका छन् । 

तर, नेपाल सरकारले भने यस विषयमा कुनै पहल गरेको छैन । चीनको अति प्रभावित क्षेत्र वुहानको आवातजावमा प्रतिबन्ध लगाएको छ । नेपाल सरकराले वुहान प्रान्तका नेपाली विद्यार्थीहरुलाई नेपाल फर्काउन र उनीहरुलाई अभिभावकत्व प्रदान गर्न सरकार चुक्नु हुँदैन । उनीहरुको स्वास्थ्य जाँच गरेर नेपाल फर्काउने र संक्रमित भएमा विशेष उपचार गर्न सरकारले ढिलाइ गर्नु हुँदैन । 

कोरोना भाइरस अमेरिका, थाइल्याण्ड, दक्षिण कोरिया, सिंगापुर, जापानसहित नेपालमा पनि संक्रमण फैलिएको छ । 

रसुवागढी भन्‍सार नाका पनि स्वास्थ्य जाँच भइरहेको र कोरोनाको संक्रमण भएका नेपालीलाई चीनतिरै फर्काइने गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले बताएको छ ।  


 

More form the Internet

loading...