Suvadin, Home

लाखौं नेपाली रहेका खाडीका ६ देशमा कोरोनाबाट २७६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणले नेपालीहरुको धेरै उपस्थिती रहेका खाडीका ६ मुलुकमा २७६ जनाको मृत्यु भएको छ ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १४४ जनाको मृत्यु भएको छ । साउदी अरव  १८ हजार ८११ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ८२ जनाको मृत्यु भएको छ भने १० हजार ८३९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत २२ जनाको मृत्यु भएको छ भने ३ हजार २८८ जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १०/१० जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश ११ हजार २४४ र २०४९ गरी कुल १३ हजार २९३ जना संक्रमित भएका छन् ।

बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ७४९ जना संक्रमित भएका छन् ।

गैह्रआवासिय नेपाली संघ (एनआरएनए)का अनुसार कोरोना भाइरसले अहिलेसम्मका खाडीका ६ राष्ट्रमध्ये युएईमा २ जना नेपालीको मृत्यु भएको छ ।

खाडीका ६ राष्ट्रमध्ये युएईमा ८१, बहराइनमा ४९, कुवेतमा ४२ र साउदीमा ४ जना गरी १७६ जना नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ ।

नेपाली श्रमिकको आकर्षक श्रम गन्तव्य मानिने खाडी मुलुकमा लाखौँ नेपाली कार्यरत छन् । कतिपय नेपालीहरुले नेपाल आउन चाहिरहँदा समेत सरकारले ल्याउने तदारुकता नदेखाउँदा अप्ठेरोमा परेको गुनासो गर्दै आएका छन् 


 

More form the Internet

loading...