Suvadin, Home

भ्रष्टाचारको आरोपमा उपचसचिव र शाखा अधिकृत पक्राउ

यातायात कार्यालय सुकेधाराबाट ८ महिनामा २६ सय लाइसेन्स नेपालीकरण भएका थिए। नक्कली कागजपत्रका आधारमा लाइसेन्स नेपालीकरण गरिएको थियो। जसमा करिब १० करोड रुपैयाँ घुस लेनदेन भएको विभागकै आन्तरीक छानबिनमा खुलिसकेको छ।
सांकेतिक तस्वीर।

काठमाडौं, पुस १३ – यातायात व्यवस्था कार्यालय सुकेधाराका उपचसविव र शाखा अधिकृत पक्राउ परेका छन्। विदेशी लाइसेन्स नेपालीकरणको नाममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।

यातायात कार्यालय सुकेधाराबाट ८ महिनामा २६ सय लाइसेन्स नेपालीकरण भएका थिए। नक्कली कागजपत्रका आधारमा लाइसेन्स नेपालीकरण गरिएको थियो। जसमा करिब १० करोड रुपैयाँ घुस लेनदेन भएको विभागकै आन्तरीक छानबिनमा खुलिसकेको छ।

यातायात व्यवस्था विभागले उनीहरुलाई बुधबार जिम्मेवारीमुक्त गरी कारबाही गर्न अख्तियारलाई फाइल पठाएको थियो। आयोगले लगत्तै उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई जिम्मेवारीमुक्त गरिए पनि बिहीबार सुकेधारास्थित कार्यालयमै भेटिएको अख्तियारका एक अधिकारीले जानकारी गराएका छन्।


 

More form the Internet

loading...