Suvadin, Home

निर्मला हत्या प्रकरणः बम दिदीबहिनीसँग बयान लिइँदै, बिष्टलाई ७ दिन म्याद थप

जिल्ला अदालत कञ्चनपुरले अभियुक्त बिष्टलाई थप अनुसन्धानका लागि बिहीबार म्याद थपको आदेश दिएको हो। कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले प्रहरी नियन्त्रणमा रहेका भीमदत्त नगरपालिका–२ का बविता बम र रोशनीसँग बयान लिने कार्य शुरु भएको बताएका छन्।
निर्मला पन्त। र, अभियुक्त पक्राउको माग राखेर गरिएको प्रदर्शन।

मदन गिरी, कञ्चनपुर, १४ भदौ – निर्मला पन्तको बलात्कार र हत्याका आरोपित दिलीप बिष्टलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कञ्चनपुरले अभियुक्त बिष्टलाई थप अनुसन्धानका लागि बिहीबार म्याद थपको आदेश दिएको हो।

कञ्चनपुरका डिएसपी एवं प्रहरी प्रवक्ता कृष्णराज ओझाले  बिष्टमा माथि अुनसन्धान चलिरहेकाले एक हप्ता म्याद थप गरिएको बताएका छन्। मानसिक सन्तुलन गुमाएका भनिएका बिष्टको चेकजाँचका लागि काठमाडौं शिक्षण अस्पताल भर्ना गरिएको छ। 

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले अभियुक्त  उपस्थित हुन नसक्ने अवस्था रहेमा अदालतले म्याद थप गर्न सक्ने प्रावधान रहेको बताए। उनले अभियुक्त बिष्टको मानसिक अवस्था ठिक भए–नभएको परिक्षणका लागि अस्पताल भर्ना गरिएको बताएका छन्। 

प्रहरीले भीमदत्त नगरपालिका–१८ बागफाटाका ४१ वर्षीय दिलिप बिष्टलाई घटनाको मुख्य अभियुक्त भन्दै भदौ ४ गते सार्वजनिक गरेको थियो।

अधुरै रह्यो नर्स बनेर बिरामीको सेवा गर्ने निर्मलाको चाहना

बम दिदीबहिनीको बयान लिइँदै

निर्मला हत्याकाण्डमा संलग्न रहेको अभियोगमा प्रहरी नियन्त्रणमा लिइएका बबिता र रोशनी बमसँग बयान लिने कार्य भइरहेको प्रहरीले जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले प्रहरी नियन्त्रणमा रहेका भीमदत्त नगरपालिका–२ का बविता बम र रोशनीसँग बयान लिने कार्य शुरु भएको बताएका छन्। 

उनका अनुसार घटनामा बम दिदी बहिनीको हात भए–नभएको  भन्ने विषयमा अनुसन्धानसँगै उनीहरुबाट बयान लिन थालिएको हो। हत्याकाण्डबारे नयाँ तथ्य फेल नपरेको र सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी कडायतले जनाएका छन्।

कर्फ्यू पुर्ण रुपमा हटाइयो

निर्मला हत्याकाण्डको विषयलाई लिएर आन्दोलन चर्किंदै गएपछि महेन्द्रनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यू पूर्ण रुपमा हटाइएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जिल्लाको अवस्था शान्तिपूर्ण बन्दै गएकाले बिहीबारबाट कर्फ्यु पूर्ण रुपमा हटाइएको बताएका हुन्।


 

More form the Internet

loading...