Suvadin, Home

बमजनमाथिको अनुसन्धान: मिश्रित नतिजा 

Author's Commentary

‘प्रहरीबाट घटनाको सूक्ष्म तरिकाले अनुसन्धान कार्य भइरहेकोछ,’ गृहले  भनेको छ, ‘पीडित र सम्भावित व्यक्तिहरूसँग बयान कागज, डग स्निफिङ, पोलिग्राफ टेष्ट, दशीप्रमाणको प्रयोगशालामा परीक्षण गराउने, कल डिटेलिङ अध्ययन गर्ने, शंकास्पद गतिविधिको अवलोकन अध्ययन गर्ने, प्रमाण जुटाउने कार्य भइरहेको छ।’

Sb Saud |

काठमाडौं,चैत्र १४ - तपस्वीको भेषमा बस्ने रामबहादुर बमजनको आश्रमबाट हराएका अनुयायीहरूको खोजी र उनको आश्रममा भएका भनिएका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने र दोषीलाई कारबाही गर्ने जवाफ गृहमन्त्रालयले संसदलाई दिएको छ ।

गत माघ २१ गते नेपाली कांग्रेसका सांसद गगन थापाले बमजनको आश्रममा चलेका अपराधिक कार्यको अनुसन्धान कसरी भएको छ भन्दै गृहमन्त्रीका नाममा प्रश्न दर्ता गरेका थिए। त्यही प्रश्नको लिखित जवाफमा गृहले बमजनमाथि सूक्ष्म अनुसन्धान भइरहेको उल्लेख गरेको हो ।

‘सिआइबी तथा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान पूरा भएपछि सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुन बमोजिमको काबाही गरिने छ,’ गृहको जवाफमा उल्लेख छ ।

बमजनको आश्रमबाट सम्पर्कविहीन भएका अनुयायीहरू (हालसम्म डोल्मो, चुन्मो, सञ्चलाल वाइवा, सुरेश आलेमगर र रिता बोट) को खोजी भइरहेको पनि गृहले जनाएको छ। प्राप्त उजुरीमाथि प्रहरीले सूक्ष्म तरिकाले छानबिन गरिरहेको गृहको जिकिर छ ।

‘प्रहरीबाट घटनाको सूक्ष्म तरिकाले अनुसन्धान कार्य भइरहेकोछ,’ गृहले  भनेको छ, ‘पीडित र सम्भावित व्यक्तिहरूसँग बयान कागज, डग स्निफिङ, पोलिग्राफ टेष्ट, दशीप्रमाणको प्रयोगशालामा परीक्षण गराउने, कल डिटेलिङ अध्ययन गर्ने, शंकास्पद गतिविधिको अवलोकन अध्ययन गर्ने, प्रमाण जुटाउने कार्य भइरहेको छ ।’

अहिलेसम्मको अनुसन्धानबाट मिश्रित नतिजा प्राप्त भएको गृहको जवाफमा उल्लेख छ। कतिपयले उजुरी तामेलीमा राख्न निवेदन दिएको लगायत कारणले अनुसन्धान जटिल बनेको पनि गृहले जनाएको  छ ।

 

 

 


 

More form the Internet

loading...