Suvadin, Home

Cover Image

१८ लाखसहित तीन जना भारतीय हुण्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले १८ लाख अवैध नेपाली रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ गरेको छ ।

काठमाडौं । पर्सा प्रहरीले १८ लाख अवैध नेपाली रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिक्की कुमार, सुधिर कुमार र सहिद आलम रहेका छन् । प्रहरीका अनुसार उनीहरू तिनै जना भारत रक्सौलका हुन् ।

प्रहरीले उनीहरू हुण्डी कारोबारी भएको जनाएको छ । प्रहरीले उनीहरूको साथबाट तीन वटा मोटरसाईकल समेत बरामद गरको छ । 

उनीहरू तीनै जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 


 

More form the Internet

loading...