Suvadin, Home
दाङको तुलसीपुरमा गोलि चलेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको बताइएको छ ।

काठमाडौं । दाङको तुलसीपुरमा गोलि चलेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको बताइएको छ ।

तुलसीपुरको खमारीका अपहरणकारी १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिन दुई राउन्ड फायर गर्नु परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

शनिबार उनीहरुले मोटरसाइकलमा फर्कदै गरेका एक युवा र युवतीलाई बन्धक बनाइ अस्लिल भिडियो समेत बनाएका थिए । 

अस्लिल भिडियो बनाएपछि ५ लाख रुपैयाँ नदिए सार्वजनिक गरिदिने भन्दै धम्की दिँदै आएका थिए । 


 

More form the Internet

loading...