Suvadin, Home

Cover Image

मादक पदार्थ सेवनपछि छुरा हानी साथिको हत्या

काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति छुरा प्रहार गरी हत्या भएको छ । काठमाडौं–१९, दमाई टोल बस्ने ४५ वर्षीया  अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो ।

काठमाडौं । काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति छुरा प्रहार गरी हत्या भएको छ । काठमाडौं–१९, दमाई टोल बस्ने ४५ वर्षीया  अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो ।

मादक पदार्थ सेवन गरी भएको विवादका क्रममा चित्रकारका साथी काठमाडौं–१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्कीले छुरा प्रहार गरी हत्या गरेका हुन् । अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

प्रहरीका अनुसार छुरा प्रहार गरेपछि खड्गीले आफैंले चित्रकारलाई ट्रमा सेन्टरसम्म उपचारका लागि लगेका थिए ।

तर, चिकित्सकले केहीवेरमै मृत घोषणा गरेका थिए । प्रहरीले घटनास्थल छेउबाट अपराधमा प्रयोग भएको हतियार पनि बरामद गरेको छ भने छुरा प्रहार गर्नुको कारणबारे अध्ययन गरिरहेको छ ।

प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोँकमा छुरा प्रहार गरेको बताएका छन् ।


 

More form the Internet

loading...