Suvadin, Home

Cover Image

२४ किलो चरेशसहित दुई जना पक्राउ

भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट करिब २४ किलो लागुऔषध चरेशसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।२

मकवानपुर । भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट करिब २४ किलो लागुऔषध चरेशसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा पर्सा अमर पटेल गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश यादव र सोही ठाउँ बस्ने ऋषि कुमार यादव रहेका छन् ।  प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा२५प ८७८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिट तथा ट्याङकी मुनी फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको चरेश बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


 

More form the Internet

loading...