Suvadin, Home

Cover Image

घुस लिएको अभियोगमा २ सहायक रजिष्ट्रारविरुद्ध मुद्दा दर्ता

कम्पनी रजिष्ट्रारको कार्यालय सहायक रजिष्ट्रार सिताराम खड्का र टंकबहादुर भट्टराई घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय सहायक रजिष्ट्रार सिताराम खड्का र टंकबहादुर भट्टराई घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही २० हजार रुपैयाँ घुस लिएको आरोप लगाएको छ ।

खड्काले सेवाग्राहीसँग कार्यालय परिसरमा घुस लेनदेन गरिरहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

खड्काले कम्पनीसम्बन्धी प्रशासनिक कामको सिलसिलामा कार्यालयमा आएका सेवाग्राहीको काम गरेबापत सेवाग्राहीबाट बीस हजार रुपैयाँ लिएको पुष्टि बताइएको छ । 

यस्तैअर्का सहायक रजिष्ट्रार भट्टराईले पनि सेवाग्राहीसँग कार्यालय परिसरमा घुस रकम लेनदेन गरिरहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । साथै सेवाग्राही सुनिल आचार्यले घुस लेनदेनमा सहयोग गरेको भन्दै तीनै जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।


 

More form the Internet

loading...