Suvadin, Home

Cover Image

धर्मगुरु कृष्णदासमाथि हिरासनमा राखेर अनुसन्धान गर्न चार दिन म्याद थप

बलात्कारका आरोपी बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धान गर्नका लागि प्रहरीलाई चार दिनको म्याद थप गरेको छ ।

सुनसरी । बलात्कारका आरोपी बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धान गर्नका लागि प्रहरीलाई चार दिनको म्याद थप गरेको छ ।

सोमबार विहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएकोमा अदालतले उक्त आदेश दिएको हो । 

प्रहरीले अनुसन्धानका लागि थप समय मागेपछि जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिनको म्याद थप गरेको हो ।

म्याद थप गरिएपछि उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगिएको बताइएको छ ।

गत कात्तिक ४ गते आफुलाई बलात्कार गरेको एक महिलाको उजुरीपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।


 

More form the Internet

loading...