Suvadin, Home

१० वर्षीय बालिका बलात्कृत

गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बिहीबार गाडी चालकबाट बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मी । गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बिहीबार गाडी चालकबाट बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

स्कुल जान दाजुहरूसँगै गाडी चढेकी बालिकालाई चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लगेको बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बालिका दाजुले बस चालकले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । चालकले बालिकालाई ३० रुपैयाँ दिएर फाएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । 

बालिकाका बलात्कार आरोपमा प्रहरीले रुरु क्षेत्र गाउँपालिका-३ लोलङखोलाका ४१ वर्षीय गाडी चालक भोजबहादुर सार्कीलाई पक्राउ गरेको छ ।  सोही क्षेत्रमा गाडी चलाउँदै आएका थिए ।


 

More form the Internet

loading...