Suvadin, Home
बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराजलाई सुनसरी जिल्ला अदालतले सात दिनको म्याद थपेको छ ।

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराजलाई सुनसरी जिल्ला अदालतले सात दिनको म्याद थपेको छ ।

विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार गराइरहेका सिद्धबाबालाई शुक्रबार म्याद थपका लागि अदालत लगिएको थियो ।

आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको आरोप खेपिरहेका महाराजलाई सोमबार प्रहरीले अस्पतालको आइसीयुबाटै पक्राउ गरेर बिहान ४ बजे जिल्ला अदालत सुनसरी पुर्‍याएको थियो । 

पहिलोपटक सोमबार उनलाई चार दिन हिसातमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो । सो अवधिमा अनुसन्धान पूरा नभएपछि अदालतले दोस्रोपटक सात दिनको म्याद दिएको हो ।


 

More form the Internet

loading...