Suvadin, Home

रौतहटको चौधरी इँटाभट्टामा भेटियो कुकर बम

रौतहटको राजपुर नगरपालिका-७ स्थित चौधरी इँटाभट्टामा प्रेसरकुकर बम भेटिएको छ । उक्त इँटाभट्टामा आज बिहान ११ बजेतिर बम भेटिएको हो । 

रौतहट । रौतहटको राजपुर नगरपालिका-७ स्थित चौधरी इँटाभट्टामा प्रेसरकुकर बम भेटिएको छ । उक्त इँटाभट्टामा आज बिहान ११ बजेतिर बम भेटिएको हो । 

बमलाई नेपाली सेनाको बम डिस्पोजलको टोलीले निष्कृय पारिसकेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कामदारले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इँटाभट्टाका संचालक विनोदप्रताव जैसवालले आफूलाई अज्ञात व्यक्तिबाट बेलाबेलामा चन्दा माग्दै धम्कि आउने गरेको बताएका छन् । घटनाका बारे प्रहरीले अनुसन्धान थालेको छ । 


 

More form the Internet

loading...