Suvadin, Home

विप्लव समूहका जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गोरखा । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ का ३२ वर्षीय जीवन क्षेत्री रहेका छन् । 

प्रहरीका अनुसार पराजुली स्याङजा जिल्ला इञ्चार्ज हुन् भने क्षेत्री सामान्य कार्यकर्ता हुन् ।


 

More form the Internet

loading...