Suvadin, Home

जब राजधानीमै तीन बालकको अपहरण भयो...

प्रहरीले राजधानीमै तीन बालकको अपहरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । टोखामा तीन बालकको अपहरण गर्ने कैलाली धनगढी घर भई बानेश्वर बस्ने २४ वर्षीय आशीष सिजापती र विनोद थापामगरलाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौं ।  प्रहरीले राजधानीमै तीन बालकको अपहरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । टोखामा तीन बालकको अपहरण गर्ने कैलाली धनगढी घर भई बानेश्वर बस्ने २४ वर्षीय आशीष सिजापती र विनोद थापामगरलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूले पोखरा गएकी एक महिलाका तीन छोराछोरीलाई गत मंसिर २८ गते अपहरण गरेका थिए । आफन्तको सामाखुसीस्थित कोठामा छोराछोरी राखेर ती महिला पोखरा गएकी थिइन् । 

त्यसको दुई दिनपछि मंसिर ३० गते सिजापतिले तिम्रो ममीले तिमीहरूलाई होटलमा लगी राख्नु भनेको छ भन्दै बिहान स्कुल जान लागेका बच्चाहरूलाई टोखास्थित होटल ब्लु स्टार को कोठा नं. ४०४ मा लगी बन्धक बनाएका थिए । 

पछि बच्चाकै नम्बरबाट आमालाई फोन गरी ‘तिम्रो छोराछोरी मेरो कब्जामा छन्, ३  लाख दिएमात्र पठाउछु’ भनी धम्काएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पीडित महिलाले आफ्ना बालबालिका अपहरणमा परेको सूचना दिए लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलि उनीहरूको खोजिमा लागेको थियो । प्रहरीले बुधबार उनीहरूको उद्दार गर्नुका साथै अपहरणमा संलग्न सिजापतिलाई पक्राउ गरेको हो । 

सिजापति चिनजानकै मान्छे भएको र बच्चाहरूले उनलाई मामा भन्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध ७ दिनको म्याद थप भई अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।


 

More form the Internet

loading...