Suvadin, Home

ब्राउन सुगरसहित तीन जना पक्राउ

कञ्चनपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ५ का २० वर्षीय सुभाष भट्ट, सोही ठाउँका २३ वर्षीय पुरन धामी र २४ वर्षीय लक्ष्मण कडायत रहेका छन् । 

कञ्‍चनपुर । कञ्चनपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ५ का २० वर्षीय सुभाष भट्ट, सोही ठाउँका २३ वर्षीय पुरन धामी र २४ वर्षीय लक्ष्मण कडायत रहेका छन् । 

बुधबार साँझ जिल्लाको पुनर्वास नगरपालिकाबाट २ ग्राम ब्राउन सुगरसहित कारमा सवार उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायव निरीक्षक गोपाल बोहराले बताए ।

उनीहरूलाई पुनर्वास नगरपालिका– ६, ङ गाउँबाट पक्राउ गरिएको उनले बताए । उनीहरू सवार बा५च ७९३७ नम्बरको कारसमेत नियन्त्रणमा लिइएको छ । तीनै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी म्याद थप गरिएको छ ।


 

More form the Internet

loading...