Suvadin, Home
सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ ।

 सल्यान । सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा राति करिव साढे ११ बजे आगजनी भएको हो ।

टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार मूल्यमा खरिद गरेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए । उनले यस अघि आफूलाइ काँही कतैबाट धम्की या जानकारी नआएकाले कुन पक्षले गाडीमा आगजनी गरेको भनेर पहिचान गर्न नसकिएको बताए ।

गाडी पूर्ण रुपमा क्षति भएको  प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।


 

More form the Internet

loading...