Suvadin, Home

१४ वर्षीया बालिकालाई जवर्जस्ती करणी गर्ने वृद्ध पक्राउ

१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिममा एक वृद्ध पक्राउ परेका छन् । 

रुकुम । १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिममा एक वृद्ध पक्राउ परेका छन् । 

बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइलाई प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । छिमकी १४ वर्षीया एक बालिकालाई दमाइले आफ्नो घरमा आएको मौका छोपी जवरजस्ती करणीको बताइएको छ । 

दमाइ विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । दमाइको गोठ नजिकै पीडित घाँस काट्न आएको बेला ललाइ फकाइ बोलाएर गोठभित्र लगि दुई पटक जवरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

जवरजस्ती करणीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको पीडितको आरोप छ । पीडितको उजुरीको आधारमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको हो ।


 

More form the Internet

loading...