Suvadin, Home

लागूऔषध खैरोहिरोइनसहित ३ जना पक्राउ

लागूऔषध खैरोहिरोइनसहित कैलाली प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । कैलालीको जानकी गाउँपालिका- १ स्थित दुर्गौली सडकखण्डबाट २० ग्राम ३ सय २० मिलिग्राम खैरोहिरोइनसहित ३ जना पक्राउ परेका हुन् । 

धनगढी । लागूऔषध खैरोहिरोइनसहित कैलाली प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । कैलालीको जानकी गाउँपालिका- १ स्थित दुर्गौली सडकखण्डबाट २० ग्राम ३ सय २० मिलिग्राम खैरोहिरोइनसहित ३ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी घर भएका ४६ वर्षीय सुनिल गुप्ता, कैलालीको लम्कीचुहा नगरपालिका- १ का ३६ वर्षीय राजु अवस्थी र लम्कीकै- २१ वर्षीय असलम कुरेसी रहेका छन् । 

उनीहरूको साथबाट युपी ३१ के ८९७२ नम्बरको भारतीय मोटरसाइकल र अस्थायी नम्बर  स्टेट २-०३-लम्की-००५ प ७७२६ भएको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 


 

More form the Internet

loading...