Suvadin, Home

१५ हजार घुस रकमसहित कम्युटर अपरेटर पक्राउ

१५ हजार रुपैयाँ घुस रकमसहित वीरगन्ज महानगरपालिकाका कम्प्यूटर अपरेटर राकेश जैशवाल पक्राउ परेका छन् ।

वीरगन्ज । १५ हजार रुपैयाँ घुस रकमसहित वीरगन्ज महानगरपालिकाका कम्प्यूटर अपरेटर राकेश जैशवाल पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको हो ।

अख्तियारको टोलीले लेखा शाखामा छापामारी सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

ठेक्कापट्टाको भुक्तानी गरेवापत् रकम लिनेक्रममा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

रकमसहित नियन्त्रणमा लिइएका जैशवाललाई अनुसन्धानका लागि अख्तियारको टोलीले हेटौंडा लगेको छ ।


 

More form the Internet

loading...