रुपन्देहीमा गोली प्रहार, एक जनाको हत्या
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ । जिप्रहरी कार्यालय रुपन्देहीका अनुसार अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका-५ का ३५ वर्षीय महेन्द्र कुर्मीको रोहिणी गाउँपालिका-३ वैकुण्ठपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार प्रहरी घटनास्थल पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।