Suvadin, Home

उपसचिव ढुंगाना र उनकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगाना र उनकी श्रीमतीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगाना र उनकी श्रीमतीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुंगाना र उनकी श्रीमती मधु कोइरालाविरुद्ध ४ करोड ६८ लाख ४८ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

ढुंगानाले गैरकानुनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारबाही गरीपाउँ भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा साढे ४ करोड रुपैयाँभन्दा धेरै स्रोत नखुलेको सम्पत्ति रहेको भेटिएको अख्तियारले जनाएको छ ।

स्रोत नखुल्ने सम्पत्ति आफू र श्रीमती मधुको नाममा राखेको पुष्टि भएको भन्दै अख्तियारले कारबाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ । 


 

More form the Internet

loading...