Suvadin, Home

थ्री नट थ्री राइफलसहित सापकोटा पक्राउ

थ्री नट थ्री राइफलसहित म्याग्दीको भकुण्डेबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेको प्रहरीले जनाएको छ ।

म्याग्दी । थ्री नट थ्री राइफलसहित एक म्याग्दीको भकुण्डेबाट जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सापकोटाको घरमा छापा मारेर थ्री नट थ्री भी ८९४० नम्बरको राइफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र उक्त बन्दुकमा प्रयोग हुने ३ डब्बा बारुद छर्रा बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


 

More form the Internet

loading...