Suvadin, Home

Cover Image

चिठ्ठा परेको भन्दै १० लाख ठगी गर्ने सात जना पक्राउ

चिठ्ठा परेको भन्दै १० लाख ४० हजार ठगी गर्ने ७ जनालाई  कैलाली प्रहरीले पक्राउ गरेको छ । २५ लाख भारुको चिठ्ठा परेको भन्दै ठग्ने आइएमइ सञ्चालक र भारतीय नागरिकसहित गरी प्रहरीले ७ जनालाई पक्राउ गरिएको हो ।

धनगढी । चिठ्ठा परेको भन्दै १० लाख ४० हजार ठगी गर्ने ७ जनालाई  कैलाली प्रहरीले पक्राउ गरेको छ । २५ लाख भारुको चिठ्ठा परेको भन्दै ठग्ने आइएमइ सञ्चालक र भारतीय नागरिकसहित गरी प्रहरीले ७ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा १२ बस्ने आइएमई सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आइएमइमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारी, विराटनगर १० बस्ने सजिलो मनिट्रान्सफर सञ्चालक ३७ वर्षीय बिश्वनाथ राजवंशी, रंगेली नगरपालिका ६ बस्ने भवेशकुमार मण्डल, सुनबर्षी ८ का अब्दुल सलाम, भारत बिहार अररीयाका सतिस मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहमद ईसु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भारु २५ लाखको चिठ्ठा परेको र उक्त पैसा पाउन करबापत रकम तिर्नुपर्छ भनेर पटक–पटक गरी १० लाख चार हजार ठगेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । 

थप एक लाख २० हजार रकम मोरङका विक्रम चौधरी र नारायण चौधरीको नाममा पठाइदिन भनेपछि कैलालीको घोडाघोडी नगरपालिका ६ बस्ने धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् ।

कैलाली जिल्ला अदालतबाट ७ दिन म्यादथप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 


 

More form the Internet

loading...