Suvadin, Home

Cover Image

भारतमा चोरिएको ६५ लाख भारुसहित तीन नेपाली पक्राउ

६५ लाख भारतीय रुपैयाँसहित  कैलाली प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चोरीमा संलग्न श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

धनगढी । ६५ लाख भारतीय रुपैयाँसहित  कैलाली प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चोरीमा संलग्न श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

भारतको राजधानी दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको जानकारी पाएपछि कैलाली प्रहरी अनुसन्धानमा जुटेको थियो । प्रहरीले जिल्लाको गौरीगंगा–२ की बिन्दा थापालाई सुरुमा पक्राउ गरेको र अनुसन्धान गर्दै जाँदा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

बाजुराको बुढिगंगा–१ घर भएका २९ वर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिन्दा थापाको कच्ची घरमा रहेको कोठाभित्र खटियामुनी खाल्टो खनेर टिनको बाकसभित्र प्लाष्टिक र कपडामा बेरी लुकाएर राखिएको अवस्थामा ६५ लाख नगद बरामद गरिएको प्रहरीले जनाएको छ । 

चोरीपछि कैलाली पुगेका अग्रवालले एक करोड ४ लाखभन्दा बढी चोरी भएको दावी गरेका छन् ।


 

More form the Internet

loading...