Suvadin, Home

जबरजस्ती करणीको आरोपमा गाउँपालिकाका सचिव पक्राउ

महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा गाउँपालिकाका सचिव पक्राउ परेका छन् ।

पर्सा । महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा गाउँपालिकाका सचिव पक्राउ परेका छन् ।

प्रहरीले बाराको देवाताल गाउँपालिकामा सचिव पदमा कार्यरत सोही गाउँपालिका- ६ रौवाही टोल बस्ने ४५ वर्षीय बलिराम मण्डललाई पक्राउ गरेको छ । 

पक्राउ परेका मण्डलले गत आइतबार दिउँसो २ बजे ३२ वर्षीय महिलालाई उखुबारीभित्र लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

मण्डलले आफ्नो घरबाट गोठघरतर्फ जानेक्रममा पिडित महिलालाई ज्यान मार्ने धम्की देखाई उखुबारी भित्र लगी जवरजस्ती करणी गरेको प्रहरीको आरोप छ । प्रहरीले मण्डललाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।


 

More form the Internet

loading...