Suvadin, Home

Cover Image

बिजुलीको पोल सार्न पनि घुस, २ जना पक्राउ

बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रका २ कर्मचारी रहेका छन् ।

काठमाडौं । बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रका २ कर्मचारी रहेका छन् ।

ज्यालादारीमा  काम गर्ने कृष्ण मुरारी चौधरी र  पुरुषोत्तम दाहाललाई २५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस लिँदालिँदै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई काठमाडौं–१४ गुडफुड तन्दुरी अगाडीबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।


 

More form the Internet

loading...