Suvadin, Home

Cover Image

चार हजार धरौटीमा छुटिन् आस्था राउत

गायिका आस्था राउत चार हजार धरौटी बुझाएर छुटेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको आदेश पछि उनी धरौटीमा छुटेकी हुन् । 

काठमाडौं । गायिका आस्था राउत चार हजार धरौटी बुझाएर छुटेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको आदेश पछि उनी धरौटीमा छुटेकी हुन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका थिए ।

राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । 

प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

आस्था राउत सोमबार बिहान आफै प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धानका लागि थप समय माग गर्दै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेको थियो ।


 

More form the Internet

loading...