Suvadin, Home

Cover Image

टिपरले किचेर युवकको मृत्यु प्रकरण : सुर्खेतमा गोली चल्यो, ८ घाइते 

वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । युवाको मृत्युपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु परेको छ ।

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । युवाको मृत्युपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु परेको छ ।

कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको छ ।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।


 


 

More form the Internet

loading...