Suvadin, Home

Cover Image

‘मोस्ट वान्टेड’ पटेल प्रहरीको जवाफी कारबाहीमा घाइते

प्रहरीको सर्वाधिक खोजीको सूची (मोस्ट वान्टेड) मा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेल मंगलबार राति प्रहरीले गिरफ्तार गरेको छ । 

काठमाडौं । प्रहरीको सर्वाधिक खोजीको सूची (मोस्ट वान्टेड) मा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेल मंगलबार राति प्रहरीले गिरफ्तार गरेको छ । 

प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाही उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको गोली लागि उनी गम्भीर घाइते भएका छन् ।

मौलापुर–८, सोनरनिया घर घएका पटेल धन्सार–जैगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे रौतहट प्रहरीको कारबाहीमा परी घाइते भएका हुन् । प्रहरीले चलाएको दुईवटा गोली उनको खुट्टामा लागेको थियो ।


 

More form the Internet

loading...