Suvadin, Home

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

नलकटुवा पेस्तोल सहित सर्लाही प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–५, मेजरगञ्ज निवासी ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुरलाई एकथान नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाही । नलकटुवा पेस्तोल सहित सर्लाही प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–५, मेजरगञ्ज निवासी ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुरलाई एकथान नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

फरक–फरक मोटरसाइकलमा सवार उनीहरू जब्दीबाट लालबन्दीतर्फ गइरहेको अवस्थामा गस्तीमा रहेको टोलीले रोकेर चेकजाँच गर्दा पेस्तोल बरामद गरेको बताइएको छ ।  चेकजाँच गर्ने क्रममा राजेश महतो आफूले चलाइरहेको बीआर ०६ एजे ०८०६ नम्वरको मोटरसाइकल छाडेर भाग्ने क्रममा धानखेतमा रेनकोट (वर्षादी) समेत फालेर फरार भएका थिए । तत्कालै उक्त रेनकोट खोलेर हेर्दा एकथान नलकटुवा पेस्तोल फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

ठाकुरलाई भने उनी सवार ना. ६ प २३९२ नम्वरको मोटरसाइकलसहित घटनास्थलबाट प्रहरीले पक्राउ गरेको थियो । फरार महतोलाई लालबन्दी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अभियुक्त दुवैजनालाई हातहतियार तथा खरखजाना मुद्धा अन्तर्गत कारबाही प्रकृया अगाडी बढाउने गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


 

More form the Internet

loading...