Suvadin, Home

Cover Image

बझाङको एक वडा कार्यालयमा आगजनी

बझाङ जिल्लाको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यलयमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयमा महत्वपूर्ण कागजतका साथै अन्य सामाग्री जलेर नष्ट भएका छन् ।

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यलयमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयमा महत्वपूर्ण कागजतका साथै अन्य सामाग्री जलेर नष्ट भएका छन् ।

वडा कार्यालयमा भएका रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेशिनलगायत दराजमा भएका सबै कागजातहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आगजनीबाट वडा कार्यालयमा झण्डै १५/२० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले घटना स्थलतर्फ प्रहरी टोली गएको र घटन बारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले अहिले अन्य जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन् । 


 

More form the Internet

loading...