Suvadin, Home
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि  कुटपिट भएको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले उनीमाथि कुटपिट गरेको हो ।

काठमाडौं । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि  कुटपिट भएको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले उनीमाथि कुटपिट गरेको हो ।

बुधबार राति दसैंको बेला रमाइलो गरौं भनेर पार्टीमा बोलाएर आक्रमण गरेको कार्कीले बताए । एयरपोर्ट निर्माणका क्रममा भएका अनियमितता आफूले बाहिर ल्याउने डरले कुटपिट गरेको उनले आरोप छ ।

कमल कार्कीले केहि समय पहिले उनलाई जागिरबाटै निकाल्न प्रयास गरेकोसमेत उनको आरोप छ । कार्कीको टाउको र आँखामा चोट लागेको छ । दायाँ आँखा सुन्नीएको र रगत जमेको देखिन्छ । शरिरका विभिन्न भागमा निलडाम समेत छन् ।

घाइते भएका कार्कीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

निर्माणाधिन भवन, एयरपोर्ट बाहिरको सडक, प्रयुक्त सिमेन्ट सम्झौता र गुणस्तर मापदण्ड अनुसार नभएको उनले आरोप लगाए । आफूलाई उक्त कुराको जानकारी रहेकाले आक्रमण भएको उनको भनाइ छ ।


 

More form the Internet

loading...