Suvadin, Home

Cover Image

कैलालीमा एक वडा कार्यालयमा तोडफोड, वडाध्यक्षमाथी हातपात 

कैलालीमा अज्ञात समूहले एक वडा कार्यालयमा तोडफोड गरेका छन् । गौरीगंगा नगरपालिका- २ को कार्यालयमा आज करिब १२ बजेतिर तोडफोड गरिएको हो । 

कैलाली । कैलालीमा अज्ञात समूहले एक वडा कार्यालयमा तोडफोड गरेका छन् । गौरीगंगा नगरपालिका- २ को कार्यालयमा आज करिब १२ बजेतिर तोडफोड गरिएको हो । 

पुरानो चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्युटर, प्रिन्टर, टेवुल लगायतमा क्षति भएको वडा अध्यक्ष जनकबहादुर साउँदले जानकारी दिए । कार्यालयमा बसिरहेको बेलामा अज्ञात समूहले आफूमाथी हातपात गरेको उनले बताए ।

कार्यालयभित्र बसिरहेको समयमा दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले सामान तोडफोडनुका साथै आफूमाथी हातपात गरेको उनको गुनासो छ । ससबैले मास्क लगाएर आएकाले आफूले कसैलाई चिन्‍न नसकेको उनले बताए । 

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले वडा अध्यक्षमाथी हातपात र सामान तोडफोड गर्ने समूहहरूको खोजी भइरहेको जनाएका छन् ।


 

More form the Internet

loading...