Suvadin, Home

घुस रकमसहित सशस्त्र प्रहरी बलका दुई जवान पक्राउ

सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका घुमुवा सशस्त्र जवान घुससहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी घुससहित पक्राउ परेका हुन् ।

धनगढी । सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका घुमुवा सशस्त्र जवान घुससहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी घुससहित पक्राउ परेका हुन् ।

भारतबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्ल तिरिसके पश्चात पनि सेवाग्राहीसँग घुस माग माग्ने गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलिले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट बीस हजार घुस वापतको रकम समेत अख्तियारको टोलिले बरामद गरेको छ । दुबै जना भजनी नगरपालिका १ स्थित वेलकम कटेज नजिकबाट पक्राउ परेका हुन् ।


 

More form the Internet

loading...