Suvadin, Home

भ्रष्टाचारका फरार अभियुक्त पक्राउ

भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ ।

काठमाडौं । भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ ।

सप्तरीको राजविराज नगरपालिका– २ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ निजकै घरबाट झालाई नियन्त्रणमा लिएको हो ।

भ्रष्टाचार मुद्दामा झालाई २०६६ जेठ १६ गते एक वर्ष छ महीना कैद सजायको फैसला भएको र उनी फरारको सूचीमा रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।


 

More form the Internet

loading...