Suvadin, Home

१३ किलो लागुऔषधसहित एक जना पक्राउ 

लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङ । लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका बझाङबाट धनगढीतर्फ गइरहेको पवनदूत यातायातको ना६ख १६७४ नम्बरको बसलाई प्रहरी चौकी स्याँडी बझाङको चेक पोष्टमा खटिएको प्रहरी टोलीले जाँच गर्दा दुई वटा कालो झोलामा कालो प्लाष्टिकमा बेरी राखेको १३ केजी ९०० ग्राम लागुऔषध फेला पारेको थियो ।

सो परिणामको लागूऔषध लिँदै गरेको अवस्थामा कञ्चनपुर जिल्ला शुक्लाफाटा नगरपालिका–८ बस्ने दिनेश जप्रेललाई प्रहरीले प्रक्राउ गरेको छ । जप्रेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत पाण्डेले बताए ।


 

More form the Internet

loading...