Suvadin, Home

संयुक्त राष्ट्रसंघमा राष्ट्रपतिको सम्बोधन आज 

 राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौं,२८ फागुन-अमेरिका भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यु) को ६३ औँ बैठकमा महिलाको स्थिति सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम छ।

 राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले सभालाई सम्बोधन गर्नुका साथै महिला नेतृत्वले कसरी विश्व परिवर्तन गर्न सक्छ भन्ने विषयमा हुने उच्चस्तरीय राउण्ड टेबल कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम तय भएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।

उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसंघको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ। त्यस्तै राष्ट्रपति भण्डारीले मंगलबार साँझ स्टोनियाका राष्ट्रपति क्रोयसियाका राष्ट्रपति र ट्रिनिनिडाडा एण्ड टोबाकोका राष्ट्रपतिसँग पनि भेटवार्ता हुनेछ।

अमेरिकामा राष्ट्रपति भण्डारीलाई अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्की, राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललगायतले स्वागत गरेका थिए। आइतबार अमेरिका प्रस्थान गरेको राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १ गते काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 


 

More form the Internet

loading...