Suvadin, Home

नेपाली युवतीहरु साइबर क्राइमकाे शिकार!
प्रेमीलार्इ विश्वास गरेर फेसबुककाे पासवर्ड दिँदा पर्याे फसाद् !

तस्वीरमा अनेकथरि लेखेर प्रेमिकाको चरित्र हत्या गर्न थाले। उनीहरुका गोप्य तस्वीर सामाजिक सञ्जालमा फैलियो। प्रेममा विश्वास गरेर आफ्नो पासवर्ड प्रेमीलाई दिएकी ती युवतीले आफूहरूको गोप्य तस्वीर फेसबुकमार्फत सार्वजनिक हुन्छन् भन्ने कल्पना समेत गरेकी थिइनन्।
प्रतिकात्मक तस्वीर।

काठमाडाैं, मंसिर ८ – फेसबुक, ट्वीटर, म्यासेञ्जर, भाइबर, इमो, इमेल ह्याक लगायतबाट धम्की दिने, गाली गर्ने, अश्लील र नभएका तस्वीर जोडेर चरित्र हत्या गर्ने जस्ता आपराधिक घटना बढिरहेका छन्।

साइबर अपराधसम्बन्धी मामिला हेर्दै आएको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार इन्टरनेट दुरुपयोगका घटनाबाट युवतीहरू बढी पीडित छन्।

त्यस्तै,काठमाडौंमा बसेर पढ्दै गरेकी एक युवतीको घरमा विवाहको कुरा आयो। उनको कसैसँग प्रेम सम्बन्ध थियो। घरमा प्रेमीको कुरा बताउन सकेकी थिइनन्।

दबाब बढ्दै गएपछि आमालाई मात्रै भनिन्। आमाबाट त्यो कुरा बुवासम्म पुग्यो। उनले स्वीकारेनन् र खोजेकै केटासँग विवाह गर्न भने। धेरै कर गरेपछि उनी विवाह गर्न तयार भइन्। 
आफ्नो प्रेमीलाई सम्झाउने हिम्मत गरिनन्। प्रेमी उनका छिमेकी थिए, विवाहको कुरा थाहा पाइहाले। प्रेमिकालाई सम्पर्क गर्ने प्रयास गरे, कसैगरी सकेनन्।

युवकमा बदलाको भावना जाग्यो। प्रेमिकाको बदनाम गर्ने मनसाय पाले, फेसबुकको सहारा लिएर। प्रेमिकाको फेसबुक पासवर्ड उनलाई थाहा थियो। उनले पासवर्ड परिवर्तन गरिदिए। र, आफूले मात्र चलाउन मिल्ने बनाए।

‘फेसबुक साइबर अपराधको सबभन्दा सजिलो माध्यम बनेको छ, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने होसियारीबारे ज्ञानको कमी, कानुनी अज्ञानता, प्रविधि दुरुपयोग, बदला भावना र प्रलोभनले अपराध बढाइरहेको छ।’

प्रेमिकाको फेसबुकमा उनले धमाधम उनीहरू दुई जनाका गोप्य तस्वीर हाल्न थाले। तस्वीरमा अनेकथरि लेखेर प्रेमिकाको चरित्र हत्या गर्न थाले। उनीहरुका गोप्य तस्वीर सामाजिक सञ्जालमा फैलियो।

प्रेममा विश्वास गरेर आफ्नो पासवर्ड प्रेमीलाई दिएकी ती युवतीले आफूहरूको गोप्य तस्वीर फेसबुकमार्फत सार्वजनिक हुन्छन् भन्ने कल्पना समेत गरेकी थिइनन्।

महाशाखाले गत असोजमा फेसबुक तथा इमेल ह्याक गरी ठगी गर्ने कार्यमा संलग्न दुई जना नाइजेरियन र दुई जना नेपाली नागरिक गरी चार जना पक्राउ गरेर सार्वजनिक गरेको थियो।

महाशाखाका अनुसार ती नाइजेरियाली नागरिकले फेसबुक र इमेलमार्फत नेपाली सेनाका जवानलाई अमेरिकामा सुरक्षागार्डमा भर्ती गराइदिन्छौं भन्दै लाखौं ठगी गरेका थिए।

यसैगरी, नेपालकै ट्राभल एजेन्सीका एक व्यक्तिको इमेल ह्याक गरेर धेरै पर्यटकबाट लाखौं पैसा स्नेहा नाम गरेकी नेपाली नागरिकको खातामा हाल्न लगाएका थिए।

‘फेसबुक साइबर अपराधको सबभन्दा सजिलो माध्यम बनेको छ,’ दाहालले भने, ‘सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने होसियारीबारे ज्ञानको कमी, कानुनी अज्ञानता, प्रविधि दुरुपयोग, बदला भावना र प्रलोभनले अपराध बढाइरहेको छ।’


 

More form the Internet

loading...