Suvadin, Home

सामाजिक सञ्जालमा बढ्दाे आपराधिक क्रियाकलाप राेक्ने प्रहरीकाे प्रयास

गत वर्ष दुई वटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँच वटा मुद्दा दर्ता भइसकेको छ। पछिल्लो समय आएर फेसबुक, ट्वीटर, इमो, भाइबर लगायतका सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप बढ्दै गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवन।

चितवन, ६ पुस – चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दीपक थापाका अनुसार अहिले सामाजिक सञ्जालसँग सम्बन्धित विभिन्न किसिमका घटना घटाउने क्रम बढेको छ।

जिल्लामा गत वर्ष दुई वटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँच वटा मुद्दा दर्ता भइसकेको छ। पछिल्लो समय आएर फेसबुक, ट्वीटर, इमो, भाइबर लगायतका सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप बढ्दै गएको हो।

सामान्य निवेदन मात्र कार्यालयमा दैनिक दुईदेखि तीनवटा आउने गरेको तथ्यांकले देखाएको छ। सामाजिक सञ्जालका माध्यमबाट सयाैँ युवायुवतीको भविष्य बिग्रिएको छ। यसबाट कयौं मानिस ठगिएका छन्।

सामाजिक सञ्जालका कारण अहिले बढी मात्रामा युवा पुस्ता प्रभावित बन्दै आएको थापाले बताएकाछन्। सामाजिक सञ्जालका कारण विश्व साँगुरो घरमा समेटीएकाे भन्दै थापाले यसको प्रयोग गर्ने बढी मात्रामा युवापुस्ता रहेको छ। र, उनीहरु बढी मात्रामा साइबर अपराधमा सामेल हुने तथा शिकार बन्ने समस्या देखिने गरेको बताएकाछन्।

यसको दुरुपयोग गर्दै कतिपयले ठग्ने, अश्लील फोटो तथा भिडियोको माध्यमले चरित्र हत्या गर्ने जस्ता काम गरेको थापाले बताएका छन्। चेतनाको कमीका कारण सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप हुने गरेको भन्दै यस्तालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिने उल्लेख गरेका छन्। 

कानुनी रुपमा यस्तो अपराध गर्नेलाई एक लाखदेखि दुई लाखसम्म जरिवाना, २ वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ। जिल्लामा सामाजिक सञ्जालको मुद्दा दायर गर्न पाइँदैन।

यो मुद्दा काठमाडौं जिल्ला अदालतले मात्र हेर्ने गरेको छ। जसका कारण जिल्लामा आएका सामान्य निवेदनमाथि आपसी सहमतिमा टुङ्ग्याउने गरिएको छ। गम्भीर विषय भएमा काठमाडौं पठाइने उनले बताएका छन्।


 

More form the Internet

loading...